
काठमाण्डौं – यात्रुले ट्याक्सी र निजी कारबाट ठगिएको गुनासो गरेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सक्रियता बढाएको छ । त्यसैले ट्याक्सी या भाडाका निजी कार चलाउँदै आउनु भएको छ र यात्रुसँग चर्को भाडा असुल्ने गर्नु भएको छ ? छ भने होसियार रहनुहोला । सादा पोशाकमा खटिएका प्रहरीले तपाईंलाई कुनै पनि बेला पक्रन सकछन । सादा पासाकका प्रहरीले पछिल्लो १ सातामा यात्रु ठग्ने ५७ ट्याक्सी तथा निजी कारलाई कारबाही गरि सकेमा छन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले ट्याक्सी र निजी कार तथा जीपले भाडामा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानिस ओसारपसार गर्ने ५७ ट्याक्सी तथा निजी कारलाई कारबाही गरेको हो । साउन ४ देखि ७ गतेको बीचमा पक्राउ परेका उनीहरुलाई महाशाखाले रु तीन हजार जरिवाना गरेको छ ।
महाशाखाका अनुसार मिटर ट्याक्सीले बढी भाडा लिने तथा निजी कार तथा जीपले यात्रु ओसार्ने गरेको जनगुनासो महाशाखामा आएपछि महाशाखाले सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर कारबाही गरेको जानाएको छ । साउन ४ गते १७ जना साउन ६ गते १९ जना र साउन ७ गते २१ जना ट्याक्सी, कार तथा जीपलाई कारबाही गरेको महाशाखाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्