×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेडियो कार्यक्रम ‘अर्थ सरोकार’बारे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रेडियो कार्यक्रम ‘अर्थ सरोकार’बारे

७ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

१. अर्थ सरोकार रेडियो कार्यक्रम के हो ?
सञ्चारको क्षेत्रमा विश्वले ठूलो फड्को मारिसकेको छ । अहिले हातहातमा स्मार्ट फोन छ नागरिकहरुसँग । तर शहरलाई मात्र देश सम्झने राज्यले अझैपनि दुर दराजमा आर्थिक चेतना लैजान सकेको छैन । रेडियो सुन्ने बर्ग आजको दिनमा पनि निकै ठूलो छ । तीनै रेडियो सुन्ने गाउँ-शहरका स्रोतामाझ आर्थिक चेतना बोकेर हामी समृद्धिको यात्राको सहयात्री बन्न चाहान्छौं । र त आर्थिक समृद्धिका प्रति हामीले खेलेको सानो सञ्चार भूमिकाका रुपमा हामीले अर्थ सरोकार रेडियो कार्यक्रमलाई प्रस्तुत गरेका छौं । अर्थ सरोकार रेडियो कार्यक्रम समग्रमा एउटा आर्थिक सचेतनाका लागि तयार गरिएको सञ्चार अभियान हो । 
२. अर्थ सरोकार रेडियो कार्यक्रमको प्रशारण पहुँच कत्रो छ ?
हामी गर्वका साथ भन्छौं, हामी नेपालको सबैभन्दा बढी प्रशारण पहुँच भएको आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका दर्जन बढी रेडियोहरुबाट हाम्रो कार्यक्रम प्रशारण हुन्छ । देशका कुनै पनि कुनाकप्चेरा हरु हाम्रो प्रशारण पहुँचबाट टाढा नहोस् भनेर हामीले सोहि अनुसार रेडियो छनोट गरेका छौँ । केन्द्रीय राजधानी काठमाडौँदेखि बिकट रुकुम जिल्लामा पनि हाम्रो कार्यक्रम सुनिन्छ । यसो त यसरी देशभर विभिन्न रेडियोहरुबाट प्रशारण हुने आर्थिक कार्यक्रम सम्भवत: हामी पहिलो र एकमात्र कार्यक्रम हौँ ।
३. अर्थ सरोकार रेडियो कार्यक्रममा कस्ता खालका सामाग्री प्रशारण हुन्छन् ?
हामीलाई अरवौंको चिन्ता कम छ, जति एउटा नागरिकले पसिना काढेर कमाएको हजारको माया छ हामीलाई । हामी तीनै नागरिकका लागि बोल्छौँ रेडियोहरुबाट । हामी देशभर आर्थिक क्षेत्रमा भएका घोटालाका बारेमा बोल्छौँ । संगै सचेत गर्छौं नागरिकहरुलाई बैंकिङ, बीमा र सेयर बजारका बारेमा । सताभारिका आर्थिक खबर, विशेष रिपोर्टहरु र आर्थिक अन्तर्वार्ता हाम्रो कार्यक्रमका खास सामाग्रीहरु हुन्छन् ।
४. अर्थ सरोकार रेडियो कार्यक्रमको बिज्ञापन नीति कस्तो छ ?
माफ गर्नुहोला, हामी कुनै पनि खालको बिज्ञापन बजाउँदैनौं । अर्थ सरोकार रेडियो कार्यक्रम विज्ञापनरहित कार्यक्रम हो । अर्थ सरोकार रेडियो कार्यक्रममा कुनै पनि खालका बिज्ञापनमूलक सामाग्रीहरु पनि बज्दैनन् । समाजमा हामीले सञ्चार क्षेत्रबाट गरेको एउटा सेवाको नमुना हो यो, ‘अर्थ सरोकार रेडियो कार्यक्रम ।’ हुन त एउटा सञ्चार अभियानका लागि यो राम्रो कुरा होइन । तर हामीलाई थुप्रै रेडियोहरुले सहयोग गरिरहनुभएको छ । हामी बिज्ञापनरहित नै बनाएर अर्थ सरोकारलाई चलाईरहने प्रयासमा छौं ।
५. अर्थ सरोकार रेडियो कार्यक्रम कुन कुन रेडियोहरुबाट प्रशारण हुन्छ ?
देशभरका दर्जन बढी रेडियोहरुमा रेडियो कार्यक्रम अर्थ सरोकार प्रशारण हुन्छ । देशभरका रेडीयोहरुको कार्यक्रम तालिका यस प्रकार छ :
१. रेडियो धनगढी- धनगढी 
प्रशारण पहुँच : धनगढी तथा आसपासका जिल्लाहरु
प्रशारण समय : प्रत्येक मंगलबार विहान ७:३० देखि ८: बजे 

२. रेडियो बिजयाकिल्ला- सिन्धुली 
प्रशारण पहुँच : सिन्धुली तथा आसपासका जिल्लाहरु 
प्रशारण समय : मंगलबार विहान ७:३० बजेदेखि ८ बजेसम्म 

३. रेडियो रुपाकोट- खोटाङ
प्रशारण पहुँच : खोटाङ तथा आसपासका जिल्लाहरु 
४. सामुदायिक रेडियो हर्मी – गोरखा
प्रशारण पहुँच : गोरखा र लमजुङ सहितका आसपासका जिल्लाहरु
प्रशारण समय : शनिबार विहान ८:१५ देखि ८:४५ सम्म
५. आफ्नो एफएम- रुकुम 
प्रशारण पहुँच :रुकुम तथा आसपासका जिल्लाहरु 
प्रशारण समय : बुधबार विहान ८:१५ देखि ८:४५ सम्म 
६. शैलेश्वरी एफएम- डोटी 
प्रशारण पहुँच : डोटी तथा आसपासका जिल्लाहरु 
७. रेडियो तहल्का – सल्यान 
प्रशारण पहुँच :सल्यान तथा आसपासका जिल्लाहरु 
प्रशारण समय : बुधबार बेलुका ६:२० बजे 
८. रेडियो सरोवर- हेटौंडा
प्रशारण पहुँच : हेटौंडा तथा आसपासका जिल्लाहरु
प्रशारण समय : बुधबार बेलुका ७ :३० बजेदेखि ८ बजेसम्म 

९ . रेडियो शैलुङ- दोलखा 
प्रशारण पहुँच : दोलखा तथा आसपासका जिल्लाहरु 
१० . रेडियो अछाम- अछाम 
प्रशारण पहुँच : अछाम तथा आसपासका जिल्लाहरु 
प्रशारण समय : प्रत्येक मंगलबार विहान ६:३० बजे 

११ . मेरो एफएम- काठमाडौँ 
प्रशारण पहुँच : काठमाडौँ तथा आसपासका जिल्लाहरु 

१२ . रेडियो हिमालय (अनलाइन रेडियो)- काठमाडौँ 
प्रशारण पहुँच : विश्वभर अनलाइनबाट
१३ . रेडियो शिवराज कपिलवस्तु 
प्रशारण पहुँच : कपिलबस्तु तथाआसपासका जिल्लाहरु
प्रशारण समय : बिहिबार बेलुकी ५:१५ देखि ५:४५ बजेसम्म
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी