×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालुवाटारमा सुवास नेम्वाङले भनेः …तर कांग्रेसको भर छैन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बालुवाटारमा सुवास नेम्वाङले भनेः …तर कांग्रेसको भर छैन !

११ श्रावण २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिन लामो अनशन बसेका डाक्टर गोविन्द केसीको भोक हड्ताल टुंग्याउन निर्णायक भूमिका खेलेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता सुवास नेम्वाङले कांग्रेसको भर नभएको बताएका छन् ।
संसदीय दलका उपनेता नेम्वाङले केसी अनशनको निहुँमा कांग्रेसले दुवै सदन अवरुद्ध गरको भन्दै आफैँले प्रस्तुत गरेको विरोधको सूचनासमेत प्रस्तुत गर्न नदिएर सदनलाई अप्ठ्यारो पारेको धारणा राखे । ‘गोविन्द केसीसँग सहमति भइसकेपछि दुवै सदनको अवरोध हट्नुपर्ने हो,’ नेम्वाङले सांसद्लाई बिफ्रिङ गरे, ‘…तर कांग्रेसको भर छैन ।’ सदन र सडक दुवै अवरुद्ध गरेर कांग्रेसले सरकारलाई अप्ठ्यारो पार्न खोजेको उनको आशय थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्का नेता देव गुरूङले दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक केसीसँगको सात बुँदे सहमतिको छोटकरीमा बिफ्रिङ गर्दै सात बुँदे सहमतिको मर्म र भावना अनुरूपै विधेयक अघि बढ्न सांसदलाई निर्देशन दिएको जानकारी दिए ।
त्यस्तै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सात बुँदे सहमति गर्न पार्टीले खेलेको भूमिकाबारे प्रकाश पार्दै सहमतिको मर्मअनुरूप अघि बढ्न सांसद्हरूलाई निर्देशन दिए । चिकित्सक केसीसँगको सहमतिमा सांसद्ले सहयोग पुर्याउनुपर्ने उनको भनाइ छ ।
संसद्को बैठक आजै दिउँसो १ बजे बोलाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी