
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – साउन १७ गतेदेखि बेष्ट फाइनान्स र सिनर्जी फाइनान्सको एकीकृत कारोबार सुरु हुने भएको छ । बेष्टले सिनर्जीलाई एक्वायर गरी बेष्ट फाइनान्सको नामबाट एकीकृत कारोबार गर्न लागेको हो । यी दुवै संस्थालाई राष्ट्र बैंकले असार १८ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको हो । बेस्टले १ः१ स्वाप रेसियोमा सिनर्जीलाई एक्वायर गरेको हो ।
यी दुवै कम्पनीको गत चैत २४ गते सम्पन्न साधारण सभाले एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गरेको थियो । एकीकृत कारोबारपछि सिनर्जीको सम्पूर्ण सम्पत्ति बेष्टले सकार्नेछ । कम्पनीको केन्द्रीय कार्यालय हाल सिनर्जी फाइनान्सको कर्पोरेट कार्यालय रहेको काठमाडौं महानगरपालिका वडा नं १, कमलादीमा रहनेछ ।
यता, एकीकृत कारोबार प्रयोजनका लागि दुवै कम्पनीले साउन १६ गते आफ्ना सम्पूर्ण शाखाहरु बन्द गर्ने भएका छन् । एकीकृत कारोबार हुनु अगावै डाटा माइग्रेसन गर्नुपर्ने भएकाले १ दिन कारोबार बन्द गर्न लागिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्