
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भार्गव विकास बैंकको ६ लाख ६७ हजार ७०६ कित्ता संस्थापक सेयरको लिलामी आइतबार अन्तिम दिन हो । बैंकको यो सेयरमा आइतबार बैंकिङ समयसम्म मात्र आवेदन दिन पाउने छन् । बैंकले असार १७ गतेदेखि सेयर लिलामीमा ल्याएको हो । यसमा सर्वसाधारणले पनि बोलपत्र पेश गर्न सक्नेछन् ।
बैंकले जेठ ३ देखि १० गतेसम्म पनि यही संख्यामा संस्थापक सेयर लिलामीमा ल्याएको थियो । तर त्यस बेला कोही पनि संस्थापकले आवेदन नदिएपछि सर्वसाधारणले समेत भर्न पाउने गरी फेरि लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकको विराटनगर, बुटवल, सुर्खेत, वीरगञ्ज, पोखरा र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, भार्गवको प्रधान कार्यालय नेपालगञ्जबाट पनि बोलपत्र फारम भर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्