Skip to content
LAXMI SUNRISE BANK

भार्गव विकास बैंकले ५.५५% बोनस दिँदै, कर तिर्न ०.२९% नगद लाभांश पनि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – भार्गव विकास बैंकले ५.५५% बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७३–७४ को सञ्चित नाफाबाट बोनस वितरण गर्ने निर्णय गरेको हो । बैंठकले ०.२९% नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ । यसआधारमा बैंकले बोनस प्रयोजनका लागि २ करोड ६४ लाख रुपैयाँ र कर तिर्न १३ लाख ८९ हजार ४७३ रुपैयाँ खर्च गर्नेछ । 
सञ्चालक समितिको यो प्रस्तावलाई नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गर्नुपर्नेछ । भार्गवले गत वर्ष निष्कासन गरेको हकप्रदपछि कायम चुक्ता पुँजी ४७ करोड ५२ लाख रुपैयाँबाट बोनस र नगद लाभांश वितरण गर्न लागेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK