![](https://4.bp.blogspot.com/-pZM09MunnD0/WziDZbM1JEI/AAAAAAAA1P8/EVjFBIGh5okXf7z9K9dsdCdYUnhuphiIgCLcBGAs/s640/Bhargav.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भार्गव विकास बैंकले आइतबारदेखि संस्थापक समूहको ६ लाख ६७ हजार ७०६ कित्ता सेयर फेरि लिलामी खुला गरेको छ । यसअघि भएको लिलामिमा कोही पनि संस्थापकले आवेदन नदिएपछि पुनः सर्वसाधारणले समेत किन्न पाउने गरी आइतबारदेखि लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश असार २४ गतेसम्म गर्न सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकको विराटनगर, बुटवल, सुर्खेत, वीरगञ्ज, पोखरा र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, भार्गवको प्रधान कार्यालय नेपालगञ्जबाट पनि बोलपत्र फारम भर्न सकिन्छ ।
हाल भार्गवको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ छ । सम्पूर्ण लिलामी सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४७ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।