
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले २०७४ साल भदौ १४ पछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै विभिन्न निकायमा गरेको नियुक्ति एकमुष्ट खारेज गर्ने निर्णय गरेसँगै सोहि अवधिमा नियुक्त भएका नेप्सेका महाप्रबन्धक चन्द्र सिंह साउदलाई अर्थ मन्त्रालयले पद खारेजीको पत्र पठाएको छ । मन्त्रालयले आइतबार सो पत्र नेप्सेमा पठाएको हो ।
साउदको ठाउँमा अर्थमन्त्रालयबाट उपसचिव रमेश अर्याललार्इ नेप्से प्रमुखको जिम्मा दिइएको छ ।
उक्त पत्र आइतबार नेप्सेका महाप्रबन्धक चन्द्र साउदले बुझ्न नभ्याएपछि सोमबार उनले सो पत्र बुझ्दैछन् । तत्कालीन देउवा सरकारले चन्द्रसिंह साउदलाई ४ वर्षका लागि नेप्से प्रमुख बनाउने निर्णय गरेको थियो । यता साउद भने कानुन व्यवसायीहरुसँग छलफलमा छन् ।
यता साउद हटेपछि अनलाइन के होला भन्ने बहस सुरु भएको छ । नेप्से नेतृत्वबिहिन भएपछी उक्त अनलाइन प्रणाली नआउने भएको हो । ‘नेप्सेको नयाँ महाप्रबन्धक नियुक्ति हुँदा केहि समय लाग्ने हुनाले अव साउन १ गतेदेखि अनलाइन आउँछ भन्ने कुरामा पूरै शंका छ ।’ नेप्सेका एक उच्च आधिकारीले भने, ‘सार्वजनिक रुपमा भन्न मिल्दैन । तर धेरैलाई के खोज्छस् केजाती आँखो’ जस्तो भएको छ । अनलाइन सार्न बहाना खोजीरहेकाहरुलाई बहाना मिलेको छ ।’
यद्यपी साउद भने आफु नेप्सेबाट बाहिरिनुअघि नै अनलाइनको काम सकेर सार्वजनिक तालिका बनाएर निस्किने तयारीमा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्