
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – साउन १५ गतेदेखि सिटिजन्स बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्रीमा आउँने भएको छ । बैंकले अंकित मूल्य १ सय रुपैयाँमा १ सय रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय रुपैयाँका दरले एफपीओ बिक्री गर्न लागेको हो । यसमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा एफपीओ नबिकेमा भने भदौ १४ गतेसम्म भर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २३०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो एफपीओमा सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ । सिटिजन्सको सोमबार दोस्रो बजारमा प्रतिकित्ता २२८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । एफपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो ।
बैंकले संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ५१ः४९% कायम गर्न एफपीओ जारी गर्न लागेको हो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सिटिजन्सको एफपीओलाई ग्रेड थ्री प्लस रेटिङ दिएको छ । सिटिजन्सले एफपीओ बिक्रीपछि चुक्ता पुँजी ८ अर्ब ७ करोड ९६ लाख १९ हजार रुपैयाँ पुग्नेछ ।
यता, बैंकले आर्थिक वर्ष २०७६/७७ सम्म खुद नाफा १ अर्ब ६९ करोड ८७ लाख ५० हजार रुपैयाँँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म भने सिटिजन्सले १ अर्ब ४० करोड ८४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा र नेटवर्थ १३४ रुपैयाँ ४६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्