Skip to content

सिटी एक्सप्रेसले १६७% हकप्रद सेयर आउँदै, कहिले हुँदैछ बुक क्लोज ?

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिटी एक्सप्रेस फाइनान्सले १६७% हकप्रद बिक्री गर्ने भएको छ । फाइनान्सले हकप्रद बिक्री गर्नको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद बिक्रीका लागि साउन २१ गते बुक क्लोज गर्ने जनाएको छ । साउन २० गतेसम्म कायम रहने सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् । सिटीले १ः१.६७ अनुपातमा २५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
हाल यसको चुक्ता पुँजी २८ करोड २ लाख २५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ५३ करोड २ लाख २५ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले २ करोड १५ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ ३० रुपैयाँ ५८ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्