Skip to content
LAXMI SUNRISE BANK

सिभिल र रिलायबल नेपालबीच सम्झौता, बैंकका सबै शाखाबाट इन्स्योरेन्स कम्पनीको सेवा लिन सक्ने

अर्थ सरोकार

काठमाडौं – सिभिल बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफसँग उक्त सम्झौता गरेको हो । सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाललाईफ इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।
सम्झौता पस्चात बैंकका देशभर छरिएका ६८ शाखाहरु मार्फत रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवा सुविधा उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।।
सिभिल बैंकले यस अघिपनि जीवन बीमा कम्पनीहरु मेटलाइफ र एलआईसी नेपाल तथा थुप्रै निर्जीवन बीमा कम्पनीहरुसँग सम्झौता गरी जीवन बीमा तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK