
काठमाडौँ – २५ असार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताए । नेपाल कम्यूनिष्ट पार्टी (ने क पा)को संसदीय दलको बैठकमा सोमबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो,’ उनले भने, ‘पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रम मार्फत लागु गर्छ। यसमा आत्तिनु पर्दैन ।’
प्रधानमन्त्री ओलीले कसैलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएर काठमाण्डुका सडकमा केही मान्छे कराइ रहेको बताए । ‘बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन्’, प्रधानमन्त्रीले भने । शान्ति प्रक्रियाका केही अवशेषहरु पनि अब चाँडै नै टुंग्याइने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधयक, गोविन्द केसी, उपकुलपति जस्ता विषयमा सांसदहरुलाई अडानका साथ कुरा राख्न निर्देशन दिए । ‘हामीले नराम्रो केही गरेका छैनौँ । दृढताका साथ कुरा राख्नु पर्छ,’ उनले प्रश्न गरे, ‘अरु चाँहि साउनको सिस्नु जस्तो फस्टाउने अनि हामी चाँही ओइलाउने हुन्छ ?’
प्रधानमन्त्री ओलीले प्रतिपक्षी नोपली कांग्रेसतिर लक्षित गर्दै हरेक कुरा सांसदमा बहस गर्न चुनौति दिए । ‘विधि, विधान, कानुन संसदले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो ?’ उनको प्रश्न थियो ।
काठमाण्डुमा १० बर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यबहारिक नभएको प्रधानमन्त्री ओलीको तर्क थियो । ‘कुन बिषयमा कति कलेज आवश्यक छ त्यसको अध्ययन गरौं अनि आवश्यकता अनुसार कलेजलाई सम्बन्धन दिऔं,’ उनले भने ।
संसदमा पेश भएको चिकित्सा शिक्षा विधयक सरकारको नीति अनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउछ यसमा के अनौठो भयो र ?’ उनले प्रश्न गरे ।
नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने, विदेश पठाउनु पर्ने, हजारौं विगाहा जमिन खरिद गरेर, भवन बनाएर चलाएका अस्पतालहरुलाई कलेज बनाउन रोक्न नमिल्ने प्रधानमन्त्री ओलीले बताए ।
संस्कृत विश्वविद्यालयका उपकुलपति स्विकृत नलिइ विदेश जान लागेकोले उनलाई रोकिएको प्रधानमन्त्रीले स्पष्ट पारे । संस्कृत विश्व विद्यालयका उपकुलपतिको बारेमा थुप्रै उजुरी परेको र तिनको निष्पक्ष छानविन हुने प्रधानमन्त्री ओलीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्