काठमाडौँ – धरान उप-महानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ । निमोनियाले थलिएका उनको मंगलबार दिउँसो काठमाडौँको ग्राण्डी अस्पतालमा निधन भएको हो ।
दुईसातादेखि काठमाडौँ को ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनलाई छातिमा निमोनियाको इन्फेक्सन भएको थियो ।
विरामीपर्नुभन्दा पहिले मृगौला समेत प्रत्यारोपण गरेकाले सुब्बाको उपचारमा सुधार नहुँदा मृत्यु भएको ग्राण्डी अस्पतालले जनाएको छ । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो ।