
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- कतारको सबैभन्दा ठुलो वाणिज्य बैंक ‘दोहा बैंक’ नेपालमा पनि दर्ता भएको छ । नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा बैंक औपचारिक रुपमा दर्ता भएको छ भने राष्ट्र बैंकबाट लाइसेन्ससमेत पाएर कारोबार सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा कार्यालय संचालनका लागि दोहा बैंकले असार ३२ गते औपचारिक रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा आफ्नो नाम दर्ता गराएको हो ।
दोहा बैंकले नेपालमा सम्पर्क कार्यालय स्थापनाका लागि १ अर्ब रुपैयाँभन्दा माथी अधिकृत पूँजी राखेर दर्ता भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जानकारी दिएको छ । दोहा बैंकलाई नेपालमा पनि प्रतिनिधि कार्यालय खोल्न राष्ट्र बैंकले गत २०७५ बैशाखमा स्वीकृत दिएको थियो ।
दोहा बैंकले हालसम्म कुवेत, दुवइ, भारतलगायतका देशमा शाखा कार्यालय संचालनमा ल्याएको छ । साथै जापान, चीन, सिंगापुर, हङकङ, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की, वेलायत, क्यानडा, जर्मनी, वंगलादेशमा भने प्रतिनिधि कार्यालय रहेका छन् । साथै राष्ट्र बैैंकले दोहा बैंकलाई नेपालमा प्रतिनिधि कार्यालय स्थापनाका लागि स्थान छनोट गर्न तथा स्थायी कर्मचारी नियुक्ती गर्न लाईसेन्स पनि दिएको जानकारी दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्