×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जब संसदमा कांग्रेसले तमासा देखायो…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जब संसदमा कांग्रेसले तमासा देखायो…

Artha Sarokar

३२ असार २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनसनलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद दोस्रो बैठक अवरुद्ध गरेको छ ।
विपक्षी सांसदहरुको अवरोधका कारण शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्बोधन गर्ने समय पनि पाएनन् । सरकारको धारणा जानकारी दिन मन्त्रीले समय मागेको भन्दै सभामुख कृष्णबहादुर महराले विपक्षी सांसदहरुले बस्न आग्रह गरेका थिए ।
तर, कांग्रेस सांसदहरुले अस्वीकार गरेका छन् । संसद बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसद पुष्पा भुसालले सरकारले जुम्ला गएर केसीसँग वार्ता गर्नुपर्ने माग गरिन् । लगत्तै कांग्रेस सांसदहरुले उठेर संसद बैठक अवरुद्ध पारेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी