
काठमाडौँ – प्रमुख विपक्षी नेपाली कांग्रेसका तीन सांसदले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावको समर्थकमा लक्ष्मी परियार र प्रमिला राई छन् ।
प्रसाईंले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुप्रति अपमानपूर्ण अभिव्यक्तिले दिएर संविधान र कानुनको उल्लंघन गरेको उनीहरुको दाबी छ ।
‘स्वदेशमा मेडिकल शिक्षा आर्जनको यथोचित व्यवस्था नहुँदा रहर वा बाध्यताले विदेशमा गएर उच्च शिक्षा हासिल गर्न बाध्य हाम्रा चेलिवेटीहरुप्रति प्रसाईंले दिएको अभिव्यक्तिले उनीहरुको इज्जत, मान र प्रतिष्ठामाथिमात्र धावा बोल्ने काम भएको छ’ प्रस्तावमा उल्लेख छ ।
प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत छात्राहरुमाथि यौन दुर्व्यवहार हुने गरेको अभिव्यक्ति दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्