
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको सहमतिमै अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राखे ।
आईतबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उनले विधेयक माथेमा कार्य दलले दिएको सुझावको मूल ‘स्पिरिड’ अनुसार आएको दावी गर्दै त्यसमा आफू खुला छलफल र बहस गर्न तयार रहेको पनि स्पष्ट पारे ।
मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका समस्या समाधान गर्न विधेयकमै उच्च स्तरीय आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै आयोग गठन प्रक्रियालाई छिटो अघि बढाउन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई सहयोग गर्न पनि आग्रह गरे ।
मन्त्री पोखरेलले माथेमा कार्य दलले दिएको सुझावलाई कसैले पनि अपरिवर्तनीय दस्ताबेजको रुपमा लिन नहुने धारणा राखे । उनले सरकारले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि सक्दो पहल गरिरहेको दावी पनि गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्