
काठमाण्डौं – एभरेष्ट बैंक र हिमालयन बैंक मिलेर ऋणीलाई ठगेका छन् । भारतको पञ्जाव नेशनल बैंक समेतको साझेदारी रहेको एभरेष्ट बैंक र पाकिस्तानको हविव बैंक समेतको साझेदारी रहेको हिमालयन बैंकका कर्मचारीहरुले आफ्नै ग्राहकलाई ठगी गरेका हुुन् ।
पीडितका अनुसार हिमालयन बैंकमा कार्यरत शंकर जोशी र एभरेष्ट बैंकमा कार्यरत कर्मचारी नवराज आचार्यसहितका व्यक्तिहरुले बिचौलियासँगको मिलेमतोमा रकम ठगी गरेका हुुन् । स्रोतका अनुसार एभरेष्ट र हिमालयन बैंक दुुवैसँग जोडिएको मुुद्दामा आचार्य र जोशीले बद्री थापा भन्नेसँगै मिलेर राजेश्वरी श्रेष्ठको खातामा जम्मा हुनुुपर्ने दुुई करोड रुपैयाँ बीचैमा खाइदिएका हुुन् । उक्त प्रकरणमा एभरेष्ट र हिमालयन बैंकका कर्मचारीद्वयले लिलाम भएको जग्गाको ब्याज पनि ग्राहकलाई नै तिराइदिएकाछन् भने लाभकरबापतको आठ लाख रुपैयाँ पनि ग्राहकलाई नै तिराइदिएकाछन् ।
सो विषयमा पीडितहरुले नेपाल राष्ट्र बैंक र अन्य सम्बन्धित निकायमा उजुरी दिन खोज्दा उल्टै कालोसूचीमा राखिदिने भन्दै धम्काएको पीडितले बताएका छन् । एभरेष्ट बैंकले घरजग्गा नामसारी र दृष्टिबन्धकपछि रकम भुक्तानी दिनेबारे लेखिएको पत्रमा उल्लेख भएअनुसार बद्री कुमार थापा र कल्पना बुुढाथोकीसँग काठमाडौं जिल्ला गोलढुुंगा गाविस वडा नम्बर १ ‘ख’स्थित कित्ता नम्बर १५४५ को जम्मा क्षेत्रफल एक रोपनी र उक्त जग्गामा निर्मित साँढे दुुई तल्लाको दुुईवटा घर खरिद गर्ने भनी एभरेष्ट बैंकमा निवेदन दिइएको थियो । सोहीअनुसार एभरेष्ट बैंकले थापा र बुुढाथोकीको नाउँमा कर्जा स्वीकृत गरिसकेको हुँदा हिमालयन बैंकको नाउँमा रहेको माथि उल्लिखित घरजग्गा (गैर—बैंकिङ सम्पत्ति) बैंकको नाउँमा गैर—बैंकिङ सम्पत्तिकोरुपमा आउनुुअघिको जग्गाधनी राजेश्वरी श्रेष्ठको नामबाट पनि कल्पना बुुढाथोकीको नाउँमा नामसारी भई बैंकको नाउँमा धितो बन्धक हुुनासाथ दुुई करोड रुपैयाँको एकाउन्टपेयी चेक राजेश्वरी श्रेष्ठको नाउँमा भुक्तानी जारी गर्न बैंकलाई पत्र काटेको थियो ।
एभरेष्ट बैंकको ग्वार्को शाखा प्रबन्धक नवराज आचार्य र कर्जा अधिकृत मनिषा पोखरेलद्वारा हस्ताक्षरित पत्रमा यी कुराहरु उल्लेख भएका छन् । तर एकाउन्टपेयी चेकभएपछि ग्राहकको खातामा जम्मा हुुनुुपर्ने रकम अर्कैले साटेर खाइदिएको पीडित ग्राहकले बताएकाछन् । पीडित ग्राहकका अनुसार उक्त रकम बद्री थापा भन्ने बिचौलियाले खाएका हुुन् । राजधानी नै बैंकहरुले ग्राहकलाई यसरी ठग्छन्, दुुर्गमको हालत झन् के होला ? पीडित ग्राहकले भनेकाछन् ।
सोही विषयमा हिमालयन बैंकले जारी गरेको पत्रमा भनिएको छ,‘गोलढुंगाको कित्ता नम्बर १५४५ को एक रोपनी जग्गा र घर समेत साबिक जग्गाधनी राजेश्वरी श्रेष्ठलाई एक करोड ७४ लाख ५८ हजार सात सय ८८ रुपैयाँमा र जग्गा नामसारी गर्दाको बखतसम्मको ब्याज समेत असुुल गरी राजीनामाको व्यहोराबाट बिक्री गर्नको लागि सञ्चालक समितिको छ, जुुन २०१८ को तीन सय ५७औं बैठकको निर्णयअनुसार २०७५ असार २६ गतेसम्मको ब्याज तीन लाख चार हजार तीन सय ७८ गरी जम्मा एक करोड ७७ लाख ६३ हजार एक सय ६७ रुपैयाँमा बिक्री गर्नको लागि बैंकमा कार्यरत कर्मचारी विष्णुुमाया भण्डारीलाई अख्तियारी दिई पठाइएको थियो । तर उक्त जग्गा बिक्रीमा भण्डारीले ग्राहकलाई नै सात लाख रुपैयाँ लाभकर तिर्न लगाएको स्रोतले बताएको छ । स्रोतका अनुसार यो प्रकरणमा हिमालयन बैंक र एभरेष्ट बैंकका दुुवैका कर्मचारीहरुकोे मिलेमतो रहेको छ । (आर्थिक दैनिकबाट)

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्