×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वनमन्त्री र जापानी राजदूतबीच भेट, के-के बिषयमा भयो छलफल ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

वनमन्त्री र जापानी राजदूतबीच भेट, के-के बिषयमा भयो छलफल ?

Artha Sarokar

१९ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनिहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भयो । सो अवसरमा मन्त्री बस्नेतले जापान नेपालको असल मित्र भएको चर्चा गर्दै नेपालको पूर्वाधार निर्माण, यातायात, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनमा निस्वार्थ सहयोग गर्दै आएको भन्दै धन्यवाद व्यक्त गरे । जापानले नेपाललाई अप्ठेरो परिस्थितिमा सदैव मद्दत गर्दै आएको स्मरण गर्द मन्त्री बस्नेतले वैशाख महाभूकम्पपछि उद्धार, राहत तथा पुनःनिर्माणमा गरेको सहयोग नेपाल सरकार र नेपाली जनताले कहिल्यै भुल्न नसक्ने स्पष्ट पारे ।
मन्त्री बस्नेतले नेपाल लामो राजनीतिक संक्रमणबाट मुक्त भएको र अबको बाटो विकास र समृद्धितर्फ केन्द्रित गरिएको भन्दै जापानका तर्फबाट त्यस कार्यमा सहयोग हुने विश्वास व्यक्त गरे । मन्त्री बस्नेतले आफ्नो मन्त्रालयले वन संरक्षणमा जनताको सहभागितालाई उच्च महत्वमा राखेको भन्दै प्राकृतिक सम्पदाहरुबाट प्राप्त लाभहरुको समन्यायिक वितरणमार्फत रोजगारीको सिर्जना र जनताको जीवनस्तरमा सुधार ल्याउने गरी काम थालिएको स्पष्ट गरे । यस्तै उनले विश्व वातावरण दिवस–२०७५ का दिन घोषणा गरिएको नेपाल स्वच्छ वातावरण महाअभियानमा सहयोगका लागि आग्रहसमेत गरे ।
राजदूतमासासीले काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापनका लागि नुवाकोटको ओखरपौवामा जापान सरकारको सहयोगमा निर्मित ल्याण्डफिल साइड फोहोरले भरिएको उल्लेख गर्दै त्यसको विकल्पमा सोच्न आग्रह गरे । चुरे क्षेत्रको संरक्षण, उपत्यकाको फोहोरमैला व्यवस्थापन, तथा जलाधार संरक्षणका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी