
गण्डकी विकास बैकको चितवन क्लस्टर अन्तर्गतका ११ शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा राप्ती न.पा ३ झुरझुरे निवासी स्वर्गीय शान्तामाया चेपाङको परिवारलाई खाधान्न सहित राहत वितरण गरिएको छ । बैंकको नारायणगढ शाखा, भरतपुर शाखा, चोरमारा शाखा, कावासोती शाखा, भेडाबारी शाखा, टाँडी शाखा, चनौली शाखा, बिरगंज शाखा, पर्सा शाखा, हेटौडा शाखा तथा मुग्लिन शाखा कार्यालयका २० जना कर्मचारीहरुको सहभागितामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त राहत वितरण गरिएको हो ।
बुधबार छिमेकीको खेत रोपाइमा बिउ काड्दा काड्दै खेतमा लडेर मृत्यु भएकी चेपाङको परिवार का ६ जना बालबालिका सहित परिवारको बिचल्ली भएको समाचार प्रकाशित भएपछि बैकले सहयोगको हात अगाडी बढाएको हो । मृतक चेपाङका श्रीमानको पाँच वर्ष अघि सडक दुर्घटनामा परि दाहिने आँखाको ज्योती गुमेको थियोे ।
उक्त राहतवितरण कार्यक्रममा गण्डकी विकास वैँकका चितवन क्लस्टर प्रमुख सुरज शर्माले रु १५,००० (अक्षरुपी पन्ध्र हजार) वरावरको खाधान्न सामाग्री स्वर्गीय शान्तामाया चेपाङको परिवारलाई हस्तान्तरण गरे । सो कार्यक्रममा राप्ति नगरपालिका वडा नं.३ का वडा अध्यक्ष राम प्रसाद उप्रेतीले धन्यवादसहित मन्तव्य राखेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्