Skip to content
LAXMI SUNRISE BANK

गरिमाले गर्यो कमालको प्रगति, खुद नाफा २७.७८% वृद्धि गरेर कमायो ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा गरिमा विकास बैंकले खुद नाफा २७.७८% ले वृद्धि भएको रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो वर्ष ३४ करोड २६ लाख ५१ हजार रुपैयाँ खुद नाफा थियो भने गत आर्थिक वर्षमा ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 खुद ब्याज आम्दानी पनि ३३.५६% ले बढेर १ अर्ब ५ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी ७४ करोड ९१ लाख ५५ हजार रुपैयाँ रहेको थियो । गरिमाको सञ्चालन नाफा पनि ५२ करोडबाट बढेर ६६ करोड ६७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा राम्रो सुधार भएकोले खुद नाफा वृद्धि भएको हो। 
निक्षेप संकलन १४ अर्बबाट बढाएर २१ अर्ब २२ करोड १२ लाख ५ हजार रुपैयाँ पुर्याएको यस बैंकले १८ अर्ब ८५ करोड १० लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको देखिन्छ । गरिमाको खराब कर्जा थोरै बढेर ०.२७% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा ०.२४% थियो । 
गरिमाको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैयाँ छ, भने जगेडा कोषमा ७२ करोड ७२ लाख २९ हजार रुपैयाँ छ । कर्जा निक्षेप अनुपात ७१.४१% बाट बढेर ७६.३३% भएको छ । कस्ट अफ फन्ड पनि ७.६२% बाट बढेर ८.९८% भएको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ २७ पैसा रहेको गरिमाको प्रतिसेयर नेटवर्थ भने १२८ रुपैयाँ ६९ पैसा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK