
ग्लोबल आइएमई बैंक लि. ले आफ्नो मोवाईल बैंकिङ्ग सेवा ‘ग्लोबल स्मार्ट’ लाई अत्याधुनिक प्रबिधिमा आधारित थुपै बिशेषताहरु थपगरि नेपाल मै पहिलो पटक नयाँ रुपमा आफ्ना ग्राहकहरु माझ ल्याएको छ । आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्नका लागि बैंकले मिति २०७५/०४/११ गते शुक्रबारका दिनदेखि आफ्नो मोवाईल बैंकिङ्ग सेवा ”ग्लोबल स्मार्ट” लाई परिमाजन गरेको हो ।
अद्यावधिक (update) गरिएको मोबाइल बैंकिङ्ग कारोबारको सहजताको लागि व्यक्तिगत QR कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिनेछ । यसका साथै यस सेवामा प्रयोगकर्ताको औँठाछाप मार्फत लगइन (login) तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली समेत अपनाइएको छ । ग्लोबल आइएमई बैंक लि. को नयाँ ग्लोबल स्मार्ट सुबिधा अन्र्तगत ग्राहक स्वयंले बैंकमा नगइकन आफैँ उक्त सेवा सुचारु गर्न सक्ने (Self Registration) सुबिधाको साथमा आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिनेछ । त्यसैगरि Fonepay को नेटवर्कमा रहेका बिभिन्न मर्चेन्ट (Merchant)हरुको रकम भुक्तानी गर्न मिल्ने बिशेषता थप गरिएको छ । थप गरिएका अन्य विशेषताहरुमा अकाउन्ट ड्यासबोर्ड (Account Dashboard) र क्यालेण्डर इन्ट्रिगेशन (Calendar Integration) सुबिधा पनि रहेको छ ।
यस अघि पनि ग्राहकले ग्लोबल स्मार्ट मार्फत आफ्नो खातामा रहेको रकम हेर्न, स्टेटमेन्ट हेर्न, ग्लोबल आइएमई बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, क्रेडिट कार्डको शूल्क तिर्न, बैंकको ब्याजको किस्ता तिर्न, मोबाइल रिचार्ज गर्ने तथा आफ्नो नजिकमा रहेको शाखा तथा एटिएम पत्ता लगाउन, आफु रहेको स्थानको लोकेशन म्याप हेर्न र बैंकको सेवा सुबिधा तथा अन्य सम्पूर्ण जानकारी लिन सक्ने सुबिधा रहेकोमा यि सम्पूर्ण सुबिधालाई नयाँ रुपमा ग्राहक सामू प्रस्तुत गरेको छ । यो सेवा मार्फत ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले पनि बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् ।
ग्लोबल आइएमई बैंक लि. स्मार्ट प्रविधिमा आधारित मोबाईल बैंकिङ्ग सेवा ”ग्लोबल स्मार्ट” बि.स. २०७२ साल देखि नेपालमा पहिलोपटक सुरु गरेको थियो । स्मार्ट प्रविधिमा आधारित मोबाईल बैंकिङ्ग सेवा सुरु गरेको ३ बर्षमा नै बैंकले नेपालमा नै पहिलो पटक त्तच् कोडको माध्यमबाट रकम भुक्तानी तथा रकमान्तर गर्न सक्ने प्रबिधि नेपालमा भित्र्याएको हो ।
ग्राहकहरुले गुगल प्ले स्टोर (Google Play Store) र एप स्टोर(Appstore)मा उपलब्ध ग्लोबल स्मार्टको नयाँ संस्करण लाई अद्यावधिक गरी यो सेवा उपभोग गर्न सक्नेछन् । विज्ञान प्रबिधिले नयाँनयाँ आयामहरु भित्राइरहेको अहिलेको समयमा आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राख्दै बैंकले समय समयमा आफ्ना सुबिधाहरु परिमार्जन गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्