- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५७ हजार ९ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ५७ हजार ६ सय मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ३ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।