
काठमाडौँ – स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु पूरा गर्न र समस्या समाधान गर्न सरकार तयार रहेको कुरा स्पष्ट पारेकी छिन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन । उनले भनिन्,‘डा.गोविन्द केसीले अनशन सूरु गरेदेखि नै सरकारले उहाँलाई वार्तामा आउन आग्रह गर्दै आएको हो, सूरुमा उहाँ आँफै वार्तामा आउन चाहनुभएन, डाक्टर केसी हिजोदेखि केही लचकतामा आउनुभएको छ, उहाँले उठाएका मागहरुको बारेमा सरकार गम्भिर छ, केही मागहरुको बारेमा विवाद पनि छ, पक्ष र विपक्ष भएर समस्या समाधान हुँदैन, मैले भनेकै हुनुपर्छ भनेरपनि हुँदैन ।’
उनले भनिन्,‘चिकित्सा शिक्षा विद्येयक संसदमा पुगेको छ, संसदले नै उहाँले उठाएका मागहरुलाई बैधानिकता दिने हो, उहाँले चाहेको संशोधनलाई सांसदहरुमार्फत कुराहरु राख्न सक्नुुहन्छ, कानूनी बाटोबाट मात्रै समस्या समाधान हुन्छ, अनशन बसेर हुँदैन, हिजोका दिनहरुले पनि यही कुराहरु देखाईसकेको छ ।’
मन्त्री अर्यालले डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति गम्भिर रहेको बताउँदै उनको उपचारको लागि कुनै कसर बाँकी नराख्ने जनाईन्। उनले भनिन्,‘उहाँको स्वास्थ्य अवस्था बिग्रिँदै गैरहेको छ, काठमाण्डुमा ल्याएर उहाँको स्वास्थ्य उपचार गर्ने र वार्ता गर्ने सरकारले तयारी गरिसकेको छ, यदि उहाँ काठमाडौं आउन मान्नुभएन भनेपनि सरकारी टोली जुम्ला गएर वार्ता तथा सम्वादमार्फत सहमति गरेर उहाँको अनशन तोडाउँछ ।’
उनले अघि थपिन्,‘डा. केसीको समर्थन गर्दै चिकित्सकहरुले आन्दोलनको घोषणा गर्नुभएको छ, कृपया तपाईहरुको काम बिरामीको सेवा गर्ने हो, आन्दोलन होईन, यसो भन्दैमा तपाईहरुले आन्दोलन गर्न पाउनुहुन्न भनेको होईन, सरकार समस्या समाधानका लागि तयार छ, यस्तो स्थितिमा तपाईहरुले आन्दोलन गरेर समस्या समाधान हुँदैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्