
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आर्थिक बर्ष २०५७-७६ को मौद्रिक नीतिको दस्तावेजमा नेपाल राष्ट्र बैंकका गभर्नरको नाम नै गलत लेखिएको पाइएको छ । राष्ट्र बैंकले आफ्नो वेव साइटमा राखेको उक्त दस्तावेजमा गलत तरिकाले गभर्नरको नाम लेखिएको छ ।
‘गभर्नरको नाम चिरञ्जीवी नेपाल हुनुपर्नेमा भाषागत रुपमा गल्ती गरेर ‘चिरंजीवि नेपाल’ राखिएको छ, जुन सरासर गलत हो ।’ भाषाविद् टंक थापाले अर्थ सरोकारसँग भनेम ‘यसअघि पनि राष्ट्र बैंकका विभिन्न दस्तावेज र सुचनामा गभर्नरको नाम लेखेको मिलेन भनेर हामीले भनेका हौँ । तर यसपाली पनि यो कुरा दोहोरियो ।’
उनका अनुसार झट्ट हेर्दा सामान्य लाग्ने यस्तो गल्तीले महत्वपूर्ण अर्थ राख्दछ । ‘केहि समय अगाडी भारतको एउटा दस्तावेजमा मोदीको नाम गलत लेखिएको भन्दै उक्त दस्तावेज तयार गर्नेलाई जागिरबाट नै बर्खास्त गरिएको थियो ।’ उनले भने ।
‘तपाईंको नाम कुनै महत्वपूर्ण दस्तावेजमा गलत तरिकाले लेखियो भने तपाईंलाई कस्तो अनुभव हुन्छ होला ? वा त्यसले कस्तो महत्व राख्छ होला ? यो कुरालाई अलि गम्भीर रुपमा हेर्ने हो भने यो सामान्य गल्ती हुँदै होइन ।’ भाषाविद् थापाले अगाडी भने, ‘नेपाली भाषामाथि यस्तै प्रहार हुनु दुखद् कुरा हो । राष्ट्र बैंकले नेपाली भाषामाथि मनपरी गर्यो । त्यसमाथि राष्ट्र बैंकजस्तो निकायले यस्तो गर्नु झन् गलत कुरा हो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्