
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग उनका मागका सम्बन्धमा टेलिफोन वार्ता गर्ने भएका छन् । नेपाल चिकित्सक संघमार्फत् प्रधानमन्त्री ओलीले जुम्लामा अनशनमा रहेका डा. केसीसँग सोमबार वार्ता गर्न लागेका हुन् ।
चिकित्सकको सल्लाह नमान्दा जुम्लामा अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० दिनदेखि अनशनरत डा. केसीलाई चिकित्सकले उनले आफ्नै निर्णयबाट उपचार गराउने गरेका छन् ।
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपपछि उनको जीवनरक्षाका लागि भन्दै स्वास्थ्य मन्त्रालयले उपचारमा खटाएका दुई चिकित्सकबाट उनले सेवा लिन अस्वीकार गरेका थिए ।
सरकारले आफ्नो उपचारमा चिकित्सक पठाउनुभन्दा आफूले माग राखेको चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा जारी गरोस् भन्दै केसीले ती चिकित्सकको स्वास्थ्योपचार सल्लाह अस्वीकार गरेका थिए ।
चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा नआएसम्म केसीले अनशन नतोड्ने तर मर्न तयार हुने बताएका छन् । डा. केसीलाई मांसपेशी सुन्निने, रिँगटा लाग्ने, छातीको धड्कन बढ्ने, पिसाब नहुनेजस्ता गम्भीर स्वास्थ्य समस्या देखिएको चिकित्सकले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्