×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाथवे फाइनान्सले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २८६.२२% वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हाथवे फाइनान्सले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २८६.२२% वृद्धि

१४ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – हाथवे फाइनान्स कम्पनीको आर्थिक वर्ष २०७४/७५को अन्त्यसम्म कम्पनीले खुद नाफा २८६.२२% ले वृद्धि गरेको रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले गत वर्ष ५ करोड ६६ लाख ६३ हजार रुपैयाँ कमाएको छ ।
 कम्पनी अझै सञ्चालन घाटामा भए पनि खुद ब्याज आम्दानीमा ९५१.५५% वृद्धि भएपछि समग्र नाफा पनि राम्रो देखिएको हो । असार मसान्तसम्म यो फाइनान्स १ करोड ८१ लाख ५४ हजार रुपैयाँ सञ्चालन घाटामा छ । खुद ब्याज आम्दानी भने ३२ लाख २२ हजार रुपैयाँबाट बढेर ३ करोड ३८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । 
नाफा वृद्धि गर्नमा राइट ब्याकले पनि साथ दिएको छ । तेस्रो त्रैमाससम्म हाथवेले ८ करोड ४ लाख ८४ हजार रुपैयाँ राइट ब्याक गरेको छ । प्रोभिजनमा भने जम्मा २२ लाख ६१ हजार रुपैयाँ राखेको छ । यता, निक्षेप संकलन र कर्जा लगानीमा पनि ठूलो सुधार भएको छ । अघिल्लो वर्ष ३ करोड ६३ लाख १५ हजार रुपैयाँ रहेको निक्षेप अहिले ३० करोड ५० लाख ८६ हजार रुपैयाँ पुगेको छ । यसैगरी, कर्जा लगानी १ करोड ९४ लाख ७७ हजार रुपैयाँबाट बढेर २८ करोड २९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा पनि अघिल्लो वर्ष ७०.१८% रहेकामा अहिले ४.३७% मा सीमित भएको छ ।
यता, चुक्ता पुँजी शतप्रतिशतले वृद्धि गरी ३० करोड रुपैयाँ पुर्याएको छ । रिजर्भ कोष ऋणात्मक भए पनि अघिल्लो वार्ष भन्दा केही सुधार भएको छ । अघिल्लो वर्ष १३ करोड ९२ लाख ३५ हजार रुपैयाँ ऋणात्मक रहेको रिजर्भ कोष अहिले ७ करोड ९२ लाख रुपैयाँले मात्र ऋणात्मक देखिएको छ । हाथवेको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १७ पैसा छ । प्रतिसेयर नेटवर्थ भने ६६ रुपैयाँ ९१ पैसा मात्र छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी