
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ। मनोरञ्जनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल क्लब उडल्याण्ड तेस्रो बर्षमा प्रवेश गरेको छ। बिगत दुई बर्षदेखी दरबारमार्गको उडल्याण्ड कम्प्लेक्समा संचालन हुँदै आएको क्लब रात्रीकालिन व्यवसायमा सफल र लोकप्रिय क्लब हो ।
क्लब उडल्याण्डले आइतबार साँझ एक कार्यक्रमका बीच आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ।सो कार्यक्रममा रात्रीकालिन व्यवसायमा संलग्न ब्यबसायी तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर मल्ल समेतको उपस्थिति थियो। कार्यक्रामका प्रमुख अथिति समेत रहनु भएका प्रहरी नायब उपरीक्षक मल्लले रात्रीकालिन व्यवसायले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको बताए। “रात्रीकालिन व्यवसायमा केहि समस्याहरु भने अबश्य छन् हामी ति समस्याहरु लाई ब्यबसायी र प्रहरीको सौहार्दपूर्ण बाताबरणबाट समाधान गर्ने पक्षमा छौँ ।” प्रहरी नायब उपरीक्षक मल्लले भने । बिगत लामो समयदेखि चर्चाको बिषय रहेको दरबारमार्ग र ठमेल क्षेत्रको २४ घण्टे ब्यबस्था लागु गर्नमा पनि आफुले सक्दो पहल गर्दै आएको समेत उनले प्रस्ट पारे।
कार्यक्रमका सभापति तथा क्लब उडल्याण्डका प्रमुख कार्यकारी निर्देशक समेत रहेका प्रेम श्रेष्ठले क्लब उडल्याण्ड राज्यको नीति र नियम पालना गर्दै आजको दिनसम्म विवादरहित तबरबाट अघि बढेको बताए । साथै उनले क्लब उडल्याण्ड छोटो समयमानै युवामाझ लोकप्रिय बन्न सफल रहेको जिकिर समेत गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्