
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- महानगरीय अपराध महाशाखाले काठमाठौंको न्यूरोड र कुलेश्वरका विभिन्न क्षेत्रबाट पाँच जना हुण्डी कारोबारीलाई ठूलो रकमसहित पक्राउ गरेको छ । पक्राउ परेका ती पाँचै जनाबाट ५३ लाख १९ हजार नगद र २३ लाख १३ हजारको चेक रकम प्रहरीले बरामद गरेको छ । अपराध महाशाखाले ललितपुरका २३ वर्षे दीपक श्रेष्ठ, चितवन खैरेनीको २९ वर्षे संजित पाण्डे, भारतको दिल्ली घर भइ काठमाडौंको कुलेश्वर बस्ने फलफूल व्यापारी ४५ वर्षे विजय गुप्ता, त्यस्तै भारत घर भइ काठमाडौंको चाहाचल बस्ने २९ वर्षे व्यापारी अंकित अग्रवाल र काठमाडौंको पुतली सडक बस्ने पुजन छाला जिमीलाई पक्राउ गरेको हो । अपराध महाशाखाका अनुसार पक्राउ गरिएका पाँचै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइनेछ ।
उनीहरुले ह्वाटसएप लगायतको सामाजिक संजालको प्रयोग गरि हुण्डी कारोवार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। योसँगै सबैभन्दा बढी हुण्डी कारोबारीले नेपाल बंगलादेश बैंक र एभेरेष्ट बैंकको खाता र चेक हुण्डीमा प्रयोग गर्ने गरेको रहस्य पनि खुलेको छ । प्रहरीले बरामद गरेको २३ लाख १३ हजारको चेक रकममध्ये अधिकांस चेक नेपाल बंगलादेश बैंक र एभरेष्ट बैंकको रहेको प्रहरीको भनाइ छ । यता अधिकांस हुण्डी कारोबारीले नेपाल बंगलादेश बैंकको चेक प्रयोग गर्ने गरेको पाइएको छ भने हुण्डी गराउन लगाउने अधिकांसले एभरेष्ट बैंकको चेक प्रयोग गर्ने गरेको खुलासा भएको छ ।
अझ खास कुरा त के छ भने नेपाल बंगलादेश बैंकले मासिक रुपमा राम्रो काम गर्ने प्रहरीलाई नगद पुरस्कार दिनेगरी नेपाल प्रहरीसँग सम्झौता गरेको थियो । अव अपराधमा संग्लग्नहरुले सबैभन्दा बढी प्रयोग गर्ने खातावाला बैंकले दिएको पुरस्कारलाई कुन रुपमा लिने भन्ने चिन्तासमेत प्रहरीहरुलाई भएको बुझिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्