×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसीयूमा गोविन्द केसीः मुटुको धड्कनमा गडबडी आयो

PRIME CA

आइसीयूमा गोविन्द केसीः मुटुको धड्कनमा गडबडी आयो

२६ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ  – अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ । चिकित्सकहरूले रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा औंल्याएका छन् ।
डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन समेत नमानेकाले अहिले ग्लुकोज नभएका अन्य आइभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकत्रय प्रवीणकुमार गिरी, धिरज गुरुङ र सिद्धार्थ खातीले सोमबार जनाएका छन् । सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको छ ।
रगतमा ग्लुकोज र अक्सिजनको कमी हुँदा मस्तिष्क घात हुने खतरा पनि उस्तै छ । सेता रक्तकोषको कमी, पिसाबमा किटोन बढी हुँदै जाँदा निमोनियाको जोखिम हुन्छ । निमोनियाका कारण मृत्युको खतरा रहन्छ । अहिले उनको छातीको बीच भागमा दुखाइ रहेको बताइएको छ ।
डा. केसीलाई एअरलिफ्टबाट काठमाण्डु लैजान चिकित्सकहरूले सुझाव दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दश दिनदेखि अनशनरत डा. केसीलाई काठमाण्डु लैजानुको विकल्प नभएको चिकित्सकहरूले बताएका हुन् । चिकित्सकहरुले उनलाई समयमा काठमाण्डु लगेर उपचार नगरे जे पनि हुन सक्ने चेतावनी दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: