
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- बीमा कमपनीहरुको नियामक संस्था बिमा समितिको निर्देशन नटेर्ने ४ बीमा कम्पनीहरुलाई बिमा समितिले कारवाही गरेको छ । तोकिएको समय भित्र गत आर्थिक बर्षको प्रतिवेदन नबुझाउनेलाई बीमा समितिले कारवाहीको दायरामा ल्याएको हो ।
यसरी कारवाहीमा पर्नेहरुमा राष्ट्रिय बिमा संस्थान, गुराँस लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, र नेशनल लाइफ इन्स्योरेन्स छन् । यसो त यी ४ वटै बीमा कम्पनी बर्षभर विभिन्न प्रकरणले विवादमा आइरहेका कम्पनी हुन् । बिमा ऐन २०४९ को दफा २५ मा भएको व्यवस्था अनुसार हिसाब किताबको प्रतिवेदन बिमा समिति समक्ष पेश नगर्ने यी ४ कम्पनीलाई कारवाहीको दायरामा ल्याईएको हो ।
बिमा ऐन २०४९ को दफा २५ अनुसार बिमा कम्पनीले आफूले गरेको बिमा व्यवसायको हिसाब किताबको लेखापरीक्षण प्रचलित कानून बमोजिम मान्यता प्राप्त लेखापरीक्षकद्वारा गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले दश महिनाभित्र समिति समक्ष पेश गर्नुपर्ने छ । तर यसो नगरेको पाइएकाले ४ बीमा कम्पनीहरु कारवाहीको भागीदार भएका हुन् ।
यता बीमा समितिले चित्तबुझ्दो जवाफ नआए समितिले यी बीमा कम्पनीहरुको लाइसेन्स खारेज गर्नसम्मको तयारी गरिरहेको जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्