- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जेबिल्स फाइनान्सले ४०% हकप्रद भर्ने १५ दिन म्याद थप गरेको छ । यसअघि कम्पनीले असार १० गतेदेखि आइतबारसम्मका लागि १०ः४ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २३ लाख ११ हजार ६५० कित्ता सेयर बिक्री खुला गरेको हो । तर, समय थपिएकाले अब लगानीकर्ताले साउन २८ गतेसम्म भर्न सक्नेछन् । यस हकप्रदमा जेठ २२ गतेसम्म कायम रहेका सेयरधनी मात्र सहभागी हुन सक्नेछन् ।
बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं तथा जेबिल्स फाइनान्स न्यूरोड, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि भर्न सकिनेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँ छ । ४०% हकप्रदपछि चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ ।