
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- कैलाश बिकास बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकले यो चौथो त्रैमाससम्ममा ५५ करोड ३२ लाख खूद नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो नाफा ५० करोड २५ लाख थियो । तर रमाइलो कुरा त के छ भने यो नाफा ‘जनरल’ नाफा भने होइन । नाफा देखाउनकै लागि बैंकले संभावित जोखिम व्यवस्थापनबाट ६ करोड ३६ लाख राइट ब्याक गरेको छ ।
बैंकले खुद ब्याज आम्दानी ९६ करोड २६ लाख गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८७ करोड ७७ लाख रुपैयाँ थियो । विवरण अनुसार संचालन नाफा बढेर ७० करोड ८७ लाख पुगेको छ भने ५ रिजर्बकोषको आकार बढाई १ अर्ब ९ करोड पुगेको छ । विवरण अनुसार समीक्षा अवधिमा बैंकले २२ अर्ब ८६ करोड निक्षेप संकलन गरी २० अर्ब १२ करोड कर्जा परिचालन गरेको छ । यद्यपी बैंकले खराब कर्जाको अनुपात भने घटाएको छ । यो अनुपातलाई ०.३२ प्रतिशतमा झार्न बैंक सफल भएको छ । यो अवधिमा बैंकले २१.९४ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको देखिएको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्