
बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफ्नो निरन्तर भेटवार्ता भइरहेको स्वीकार गरेका छन् । उनका अनुसार भेटमा देशको अवस्थाबारे पनि कुराकानी हुने गरेको छ ।
बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दा थापाले ज्ञानेन्द्रलाई ‘राजा’ भन्दै सम्बोधन गरेका थिए । ‘मेरो बेलाबेलामा राजासँग भेट हुन्छ, जसरी विगतमा राजसंस्था रहँदा राजासँग भेटघाट कुराकानी हुन्थ्यो’ उनले भने, ‘अन्य पार्टी र नेताहरुले त्यो सम्बन्ध कायम राखेका छन् कि छैनन् मलाई थाहा छैन ।’
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका थापाका अनुसार भेटवार्तामा ज्ञानेन्द्रका दुई विचार प्रकट हुन्छ ।
‘असहज ढंगबाट राजसंस्थालाई पाखा लगाउने काम भए पनि शान्ति, स्थायित्व र विकास हुन्छ, देश र जनताको भलो हुन्छ भने ठीकै छ भनेर परिर्वतनलाई सहजिकरण गरेँ’ ज्ञानेन्द्रको भनाइ उदृत गर्दै थापाले भने, ‘तर, अहिले देशको अवस्था देख्दा चिन्ता लाग्छ । जनताले अझै पनि दुःख पाएको देख्दा चिन्ता लाग्छ ।’
राजसंस्था पुनर्स्थापनाबारे भने आफैंले केही गर्ने भन्दा पनि जनताले गर्ने कुनै पनि निर्णय स्वीकार्य गर्ने धारणा पूर्वराजा ज्ञानेन्द्रमा पाएको राप्रपा अध्यक्ष थापाले सुनाए । उनले भने, ‘म त यही नेपालमै छँदैछु, कही गएको छैन । नेपाली जनताले जे फैसला गर्छन्, त्यो स्वीकार्य छ । जनताले जुन जिम्मेवारी दिन्छन्, त्यो जिम्मेवारी बहन गर्न तयार छु भन्ने धारणा पाएको छु ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्