
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कामना सेवा विकास बैंकको ५.५०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि बैंकको सेयर भाउ प्रतिकित्ता १४३.१३ रुपैयाँ कायम भएको छ । सोमबार बैंकको सेयर कारोबार सोहि मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने १७५.५६ रुपैयाँ छ ।
असार ३२ गते कामना सेवाले वार्षिक साधारण सभामा गर्ने भएको छ । सभामा बैंकले ५.५०% बोनस सेयर र ६.५०% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसका लागि बैंकले सोमबार बुक क्लोज गरेको हो । सभामा बैंकले संस्थापक र सर्वसाधारण समूहबाट ३–३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि राख्दैछ ।
त्यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन प्रक्रियामा जाने भएमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि सभामा लैजानेछ । हाल यो बैंकको चुक्ता पुँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार ३२६.२९ रुपैयाँ छ । कामनाले यही पुँजीमा बोनस र नगद लभांश दिन लागेको हो । बोनस सेयर वितरण गरिसकेपछि चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५१९.२३ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्