
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कान्तिपुर होलिडेजमा छापा मारिएको छ । लामो समयदेखि ट्राभल व्यवसाय गरिरहेको यो कम्पनीका मालिक सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा संलग्न भएको सुराकीका आधारमा कम्पनीको गृह मन्त्रालयबाट बनेको विशेष छानविन समितिले काठमाडौंको लाजिम्पाटमा रहेको कान्तिपुर होलिडे इन टुरमा छापा मारेर सिलबन्दी गरेको छ । समितिले बिहीबार उक्त ट्राभलमा छापा मारेर कागजात र कम्प्युटर नियन्त्रण लिएको छ । ठाकुर ढुंगानाको स्वामित्वमा रहेको उक्त कम्पनीको समेत संलग्नतामा सुन तस्कर गोरे भनिने चूडामणि उप्रेतीलाई दुवईमा चार करोड रुपैयाँ पठाएको पत्ता लागेपछि थप अनुसन्धानको लागि प्रहरीले छापा मारेर सिल गरेको हो ।
यो कम्पनीले ट्राभल एजेन्सीका नाममा बिगत लामो समयदेखि हुण्डीको व्यवसाय गरेको चर्चा बाहिरिएको थियो । यो कम्पनीले देखावटी रुपमा ट्राभल व्यवसाय चलाउने तर भित्रभित्रै हुण्डीको कारोबार गर्ने गरेको चर्चा यसअघि पनि चलेको थियो । तर कम्पनीका मालिक हुण्डीको खेलमा मात्र होइन सुन तस्करलाई हुण्डीमार्फत पैसा पठाएर सुन तस्करीमै समेत संलग्न रहेको खुलासा भएको छ । विभिन्न देशमा नेपालीहरु घुमाउने काम गरिरहेको यो कम्पनीले विभिन्न देशमा घुमघामका क्रममा ठगी गर्ने, विभिन्न ट्राभल प्याकेजहरुमा ‘हिडन कष्ट’ राखेर पर्यटकहरुलाई ठग्ने गरेको लगायतका कर्तुतहरुको चर्चा यसअघि नै हुने गरेका थिए ।
यता कम्पनीका मालिक भने आफ्नो कम्पनीमा छापा मारिएपछि फरार छन् । यसो त कान्तिपुर होलिडे मात्र होइन नेपालमा रहेका अधिकांस ट्राभल एजेन्सीहरुबाट हुण्डीको कारोबार हुने गरेको छ । यस विषयमा सम्बन्धित निकाय चुप लाग्दा यस्तो गलत कामले प्रसय पाईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्