
काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगन थापाले सत्यको पक्षमा उभिएकाहरुको टाउको नगन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । डा. गोविन्द केसीको समर्थनमा राजधानीमा भएको प्रदर्शनमा थापा पनि सहभागी थिए । प्रदर्शनपछि बानेश्वरमा भएको कोणसभालाई सम्बोधन गर्दै थापाले आफू चेतावनी दिन नभई प्रधानमन्त्रीलाई आग्रह गर्न उभिएको बताए ।
संसदमा कतिपयले डा. केसी को हो भनेको सुनाउँदै उनले भने, ‘डा. गोविन्द केसी जोगी हुन्, फकिर हुन्, जो हामी र हाम्रा सन्ततीका लागि लडिरहेका छन् ।’ कतिपयले उनलाई कहिले कांग्रेस त कहिले विवेकशील साझा भन्ने गरेको भन्दै थापाले पार्टीको झण्डामुनी नभएका व्यक्तिहरु मध्ये डा. केसी एक भएको बताए ।
जुम्लामा अनसनरत डा. केसीले माथेमा कार्यदलको प्रतिवेदनअनुसार विधेयक आउनु पर्ने भनेको भन्दै उनले त्यो पुरा नहुँदासम्म उनलाई कसैले हल्लाउन नसक्ने बताए । तर, उनको स्वास्थ्य गम्भीर रहेको भन्दै कांग्रेस संसाद थापाले भने, ‘यदि सरकारले जिद्दी गरेर बस्यो र उनको जीवनमा तलमाथि भयो भने प्रधानमन्त्री मात्र होइन, सिंगो नेपाल अपराधबाट मुक्त हुन सक्दैन ।’
ताप्लेजुङ, दार्चुलाका सांसदहरुले समेत काठमाण्डुमा मेडिकल कलेज खोल्न पाउनुपर्छ भनेको सुनाउँदै उनले यसले आफ्नो जिल्लामा डाक्टर जाँदैनन् भन्ने नर्बिसन आग्रह गरे । सरकारले ल्याएको विधेयक पास गर्ने हो भने थप २० वटा मेडिकल कलेज काठमाडौंमै खुल्ने र विशेषज्ञ डाक्टरहरु काठमाडौं छाडेर जिल्ला नजाने उनको तर्क छ ।
सांसद थापाले अघि भने, ‘भो पुग्यो, काठमाण्डुमा थप मेडिकल कलेज चाहिँदैन ।’ प्रधानमन्त्रीले समेत नेपाललाई मेडिकल हब बनाउनुपर्छ भनेको स्मरण गर्दै सांसद थापाले प्रश्न गरेः हामी उपचार गर्न बैंकक जान्छौं । बंगलादेश किन नगएको ?’ बंगलादेशमा थुप्रै मेडिकल कलेज खोलेपनि गुणस्तर नभएका कारण डाक्टर देखेर डराउनुपर्ने अवस्था रहेको भन्दै उनले नेपालमा पनि त्यस्तो नहोस् भनेर सचेत गराए । उनले अघि भने, ‘यो पानी जहाज जस्तो होइन प्रधानमन्त्री ज्यू !’
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका उनले गुणस्तर कायम गर्न नसकेका दिन नेपालीहरु घरबारी बेचेर उपचारकै लागि भारत जाने दिन आउन सक्नेतर्फ समेत गराए । भक्तपुरबाट निर्वाचित नेकपाका सांसद महेश बस्नेतले सामाजिक सञ्जालमा पानीजहाजको मजाग उडाउनेलाई साइबर क्राइम लगाउनुपर्ने माग राखेका थिए । पानी जहाजको मजाग उडाउनेलाई सरकारले कारबाही गर्नेमा भने आशंका उत्पन्न भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्