×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान माइक्रोफाइनान्स उकालो लाग्न असफल, खुद नाफा १५.१७% ले गिरावट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

किसान माइक्रोफाइनान्स उकालो लाग्न असफल, खुद नाफा १५.१७% ले गिरावट

१४ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  गत आर्थिक वर्षको चौथो त्रैमासमा किसान माइक्रोफाइनान्सले खुद नाफा १ करोड २१ लाख ८१ हजार रुपैयाँ  कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १५.१७% कम हो । अघिल्लो वर्ष यस कम्पनीले १ करोड ४३ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
खुद ब्याज आम्दानी ६.५४% घटेर ५ करोड ५ करोड ४२ लाख ६ हजार रुपैयाँमा सिमित रहेको छ । अघिल्लो वर्ष कम्पनीले ५ करोड ८० लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा पनि ३६.९४% ले घटेर १ करोड ३३ लाख ९४ हजार रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामै गिरावट आएपछि समग्र नाफा प्रभावित बनेको हो । 
हाल यस कम्पनीको चुक्ता पुँजी ६ करोड २४ लाख ६८ हजार रुपैयाँ रहेको छ, भने रिजर्भ कोषमा २ करोड ६० लाख ३९ हजार रुपैयाँ छ । हालसम्म यसले २५ करोड ९० लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब २ करोड ७४ लाख ४२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
यता, किसानले खराब कर्जामा भने थोरै सुधार गरेको छ । अघिल्लो वर्ष ०.९५% रहेको खराब कर्जा अहिले ०.९३% देखिन्छ । किसानको प्रतिसेयर आम्दानी पनि तल झरेको छ । अघिल्लो वर्ष ४४ रुपैयाँ ६० पैसा रहेको प्रतिसेयर आम्दानी अहिले २५ रुपैयाँ ३५ पैसा मात्र छ । प्रतिसेयर नेटवर्थ भने १७१ रुपैयाँ ०८ पैसाबाट बढेर १८४ रुपैयाँ २० पैसा पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी