
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अनशनरत डा. गोविन्द केसीका माग प्रतिपक्ष दल नेपाली कांग्रेसका धारणा भएको बताएका छन् । केसीले कांग्रेस एजेण्डा बोकेर अनशन बस्ने गरेको उनले दावी गरे । केसीको अनशनबारे शनिवार बालुवाटारभित्र भएको छलफलमा ओलीले कम्यूनिष्टबिरुद्ध केसी प्रयोग हुँदै आएको बताए ।
‘कतिपय माग जायज छन् ति पुरा गरिन्छ, तर कांग्रेस एजेण्डा बोकि भोकै बस्नेका माग पुरा गर्न सकिदैन’ आफु निकटका ब्यक्तिहरुसँग उनले भने ‘केसी नेपाल सरकारका कर्मचारी हुन्, अन्य कर्मचारी सरह उनी पनि कानुनको दायरामा बस्नु पर्दछ । सरकारले अनशन बस्नलाई तलव दिएको होइन ।’
प्रधानमन्त्री ओलीले कांग्रेस नेताहरुका नाममा थुप्रै मेडिकल कलेजहरु सञ्चालन भएको तर कम्यूनिष्ट नेताका नाममा कलेज खोल्दा डा. केसीलाई आपत्ति हुने गरेको बताए । ‘कांग्रेस नेताहरुका नाममा खोलिएका कलेज कति नियम र कानुन सम्वत छन ? त्यो प्रश्न उनले कहिले पनि उठाएनन् तर मनमोहन कलेजका बारेमा उनी पूर्वाग्रही बन्दै आएका छन्’ ओलीले आफु निकटका ब्यक्तिसँग भने ‘डा केसी पूर्वाग्रही भएपनि सरकार पूर्वाग्रही बन्दैन, काठमाडौंमा पनि कलेजहरु चल्छन्, कर्णालीमा पनि खुल्छन् ।’
डा. केसी लामो समयदेखि चिकित्सा शिक्षा ऐनको माग गर्दै अनशन बस्ने गरेका छन् । उनले आफ्नो १४ औ अनशन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थालेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्