×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माइतिघरमा आन्दोलन गर्न नपाएपछि कांग्रेस आक्रोशित, प्रधानमन्त्रीलाई के –के भन्यो ?

LAXMI SUNRISE BANK

माइतिघरमा आन्दोलन गर्न नपाएपछि कांग्रेस आक्रोशित, प्रधानमन्त्रीलाई के –के भन्यो ?

१७ असार २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको निर्णय पूर्व राजा ज्ञानेन्द्र शाह नेतृत्वको सरकार जस्तै रहेको टिप्पणी प्रतिनिधि सभामा उठेको छ ।
नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले ओली नेतृत्वको सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले ज्ञानेन्द्र नेतृत्व सरकारको गृहमन्त्री कमल थापा जस्तै निर्णय गरेको बताए ।
प्रतिनिधि सभाको विशेष समयम बोल्दै केसीले विरोध गर्ने लोकतन्त्रिक अधिकारमाथि ओली सरकारले हस्तक्षेप गरेको आरोप लगाए ।
‘विरोध प्रदर्शन गर्नमा रोक लगाउने निर्णय २०५८ सालको ज्ञानेन्द्र सरकारको निर्णय जस्तो भयो । गृहमन्त्री कमल थापाले त्यस बेला भक्तपुरको चौरमा गएर विरोध गर्न भनेको थियो,’ केसीले भने ।
प्रदर्शन गर्ने स्थल बारेको निर्णय लोकतन्त्र विरोधी निर्णय भएको बताउँदै केसीले यसबाट आम नागरिक अत्यन्त त्रसित भएको आरोप लगाए। उनले यस निर्णयलाई तत्काल खारेज गर्न माग गरे ।
आजको प्रतिनिधि सभाको बैठकमा शून्य समय र विशेष समय पछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी