×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पक्राउ परेका कृष्ण पहाडीले दिए यस्तो प्रतिक्रिया

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पक्राउ परेका कृष्ण पहाडीले दिए यस्तो प्रतिक्रिया

२६ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मानव अधिकारकर्मी कृष्ण पहाडीले सरकार सत्याग्रहप्रति प्रतिकूल र हिंसाप्रति नरम हुँदै गएको आरोप लगाएका छन् ।
सरकारले काठमाण्डुको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्नेलगायतका निर्णयको विरोधमा सिंहदरबारको दक्षिणी गेट अगाडि धर्नामा उत्रिएका मनावअधिकारकर्मी पहाडीले सरकार स्वेच्छाचारी ढंगले अगाडि बढेका कारण विरोधमा उत्रिनु परेको बताए ।
उनले विरोध प्रदर्शन जनताको अधिकार भएको हुँदा त्यसलाई निषेध गर्न नहुने बताए । मानव अधिकारीकर्मीहरुले स्वतन्त्रताको रक्षा गर्न सरकारसँग अपिल गर्दै मंगलबार सिंहदरबारको दक्षिण गेट अगाडि एक घण्टा धर्ना दिएका छन् ।
यसैबीच, निषेधित क्षेत्र तोडेर धर्नामा सहभागी भएका पहाडीसहित एक दर्जन बढी मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मानव अधिकारकर्मीहरुले डा. गोविन्द केसी र गंगामाया अधिकारीको जीवनरक्षा गर्न समेत सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी