
काठमाडौँ – सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि गरेको भन्दै सिंहदरबार बाहिर धर्नामा बसेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
दिउँसो १ बजे धर्ना सुरु हुनासाथ प्रहरीले मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेलसहित २५ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, ललितपुरा शाखा सभापति चन्द्रमणि बञ्जारा, विभागीय संयोजकहरु प्रताप पौडेल, जयराम पुडासैनी, बाबुराम न्यौपाने, जगन्नाथ पुडासैनी, विपी पौडेल सदस्यहरु सनत आचार्य, रामचन्द्र खतिवडा, रेजिना राई, सुकदेव अधिकारी, ईश्वर पुडासैनी, भगवान पुडासैनी, गोकुल पुडासैनी, सुरजकुमार बोहरा, टंकप्रसाद गैरे, मुरारी प्रसाद फुँयाल, ईश्वरीप्रसाद नेपाल सहित २५ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।
धर्नामा ‘स्वतन्त्रता विरोधी निर्णय खारेज गर’, ‘स्वेच्छाचारी गतिविधि बन्द गर’, ‘शिक्षामा माफिया चलखेल अन्त्य गर’, ‘स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर’, ‘सत्याग्रहीको जीवन रक्षा गर’, ‘अपराधीलाई संरक्षण बन्द गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्