
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- केहि समय अघि रोक लगाइएको प्लटिङ अन्ततः पुन: गर्न पाइने भएको छ । सरकारले खेतीयोग्य जमीन वाहेकको खण्डमा सबै जग्गामा यहि साउनदेखि कित्ताकाट गर्न दिने भएको हो । सरकारले साउन १ गते बाट नै जग्गा कित्ताकाट गर्न लगाइएको प्रतिबन्ध फुकुवा हुने कृषि, भूमि,व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले पुष्टी गरे । यसअघि सरकारले एक वर्षमा एकपटक मात्रै जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था थियो।
घरजग्गा व्यवसायीको दबाबमा भूमि सुधार मन्त्रालयले कित्ताकाटको प्रतिवन्ध फुकुवा गर्न लागेको हो। जग्गाको कित्ताकाट रोकिदा धेरै घरजग्गा व्यवसायी ऋणमा डुबेको, र चन्दा माग्दासमेत नेताहरुलाई व्यवसायीहरुले यहि निहुँ गर्न थालेपछि अन्तत: यो प्रतिबन्ध फुकुवा गर्न लागिएको बुझिएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार यहि साउन १ गतेदेखि लागु हुने गरी सरकारले न्यूनतम २० रोपनी भन्दा ठूलो प्लटमा मात्रै व्यवस्थित बसोबासको लागि प्लानिङको अनुमति दिने तयारी गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्