Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकको आठ नयाँ शाखाको औपचारिक उद्घाटन, सबै बैंकिङ सुविधा पाइने

अर्थ सरोकार

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले ८ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले मोरङ्गको जहदा गाउँपालिका स्थित जहदा शाखा कार्यालय, सुनसरीको धरान उपमहानगरपालिका स्थित धरान शाखा कार्यालय, भोजपुरको भोजपुर नगरपालिका स्थित भोजपुर शाखा कार्यालय, रौतहटको चन्द्रपूर नगरपालिका स्थित चन्द्रपुर शाखा कार्यालय, रौतहटकै वृन्दावन गाउँँपालिका स्थित वृन्दावन शाखा कार्यालय, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका स्थित डोल्पा शाखा कार्यालय, भोजपुरको टेम्केमैयुङ गाउँँपालिका स्थित टेम्केमैयुङ शाखा कार्यालय, र उदयपुरको कटारी नगरपालिका स्थित कटारी शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको हो । उक्त शाखाहरुमा औपचारिक कार्यक्रम गरी शाखाको उद्घाटन गरियो ।
नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै, धरान, भोजपुर, चन्द«पुर र कटारी शाखाहरुमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । यस बैकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१करोड खुद मुनाफा गरेको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैककको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK