Skip to content
LAXMI SUNRISE BANK

सेयर लगानीकर्ताका नेताले पूर्वप्रधानमन्त्री माधव नेपाललाई भेटेर भने, ‘अर्थमन्त्री नकारात्मक हुँदा सेयर बजार बिग्रियो’

अर्थ सरोकार

काठमाडौँ- सेयर लगानीकर्ताका नेताले पूर्वप्रधानमन्त्री माधव नेपाललाई भेटेरअर्थमन्त्री नकारात्मक हुँदा सेयर बजार बिग्रिएको हुनासो पोखेका छन् । अर्थमन्त्री युवराज खतिवडा पुँजी बजार प्रति नकारात्मक हुँदा लगानीकर्ता निरुत्साहित भएको भन्दै बजार सुधारका लागि तत्काल पहल गरिदिन उनीहरुले पूर्वप्रधानमन्त्री नेपालसँग आग्रहसमेत गरेका छन् । 
पुँजी बजारको अधिक आपूर्ति व्यवस्थापन गर्न बजार निर्माताको व्यवस्था गरिनुपर्ने, पुँजी बजारमा एनआरएनको लगानी भित्र्याउनुपर्ने, अनलाइन प्रणाली समयमै ल्याउनुपर्ने तथा नेप्सेमा प्रमुख कार्यकारीका बारेमा समयमा ध्यान दिनुपर्ने लगायतका विषयमा पनि उनीहरुले नेता नेपालको ध्यानाकर्षण गराएका थिए । जवाफमा नेता नेपालले बजार सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने आश्वासन दिएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK