×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मीको खुद नाफा २६.३१% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

PRIME CA
GLOBAL IME BANK

महालक्ष्मीको खुद नाफा २६.३१% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

१० श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा महालक्ष्मी विकास बैंकको खुद नाफा ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक भएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २६.३१% धेरै हो । अघिल्लो वर्ष बैंकले ४४ करोड ४२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि ३७.८८% ले बढेर १ अर्ब ७ करोड ५३ लाख ६६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष महालक्ष्मीले ७७ करोड ८ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, बैंकको सञ्चालन नाफामा भने २१.७५% को गिरावट आएको छ । अघिल्लो वर्ष १२ करोड ८७ लाख ४७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले गत वर्ष भने १० करोड ७ लाख ४१ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको छ ।
बैंकको सञ्चालन नाफा घटेपनि राइट ब्याकले साथ दिएपछि समग्रमा नाफा बढेको देखिन्छ । असार मसान्तसम्म ७० करोड ५६ लाख ९५ हजार राइट ब्याक गरेको छ । त्यसैगरी, सम्भावित जोखिमको लागि पनि ६० करोड ५३ लाख ३० हजार रुपैयाँ छुट्याएको छ । बैंकले निक्षेप संकलन २५ अर्बबाट बढाएर २७ अर्ब २७ करोड ६८ लाख ४४ हजार रुपैयाँ पुर्याएको छ । 
त्यस्तै, कर्जा लगानी पनि २० अर्ब ७२ करोडबाट विस्तार गरेर २१ अर्ब ६५ करोड ९५ लाख २३ हजार रुपैयाँ पुर्याएको छ । बैंकको खराब कर्जा ३.६३% बाट बढेर ३.८८% पुगेको छ । चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ रहेको महालक्ष्मीको रिजर्भ कोषमा १ अर्ब ४३ करोड २ लाख २५ हजार रुपैयाँ रहेको छ ।
यता, बैंकको प्रतिसेयर आम्दानीमा भने ६ रुपैयाँ ५३ पैसाको गिरावट आएको छ । अघिल्लो वर्ष २७ रुपैयाँ ८४ पैसा (वार्षिक) रहेको महालक्ष्मीको प्रतिसेयर आम्दानी अहिले २१ रुपैयाँ ३१ पैसा (वार्षिक) मा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ४५ पैसाबाट बढेर १५४ रुपैयाँ ३० पैसा भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: