
महोत्तरी – महोत्तरीको पिपरा गाउँपालिकाको गाउँपरिषदमा झडप हुँदा पाँच जना घाइते भएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)बाट अध्यक्षमा निर्वाचित विनोद चौधरीले विकासका योजनामा एकलौटी गरेको भन्दै उनकै पार्टीका कार्यकर्ताहरुले विरोध गरेपछि झडप भएको हो ।
झडपमा राजपाको पिपरा गाउँ कमिटी अध्यक्ष विनित पाण्डेयसहित पाँच जना घाइते भएका छन् । परिषदमा प्रदेश २ का नवनियुक्त राज्यमन्त्री अभिराम शर्मा उपस्थित रहेकै बेला दुई पक्षबीच झडप भएको थियो । राज्यमन्त्री शर्मालाई प्रमुख अतिथीको रुपमा बोलाइएको थियो ।
गाउँपालिका अध्यक्ष चौधरीले पार्टीसँग छलफल नै नगरी गाउँ परिषद गरेको र भनेअनुसारका योजनाहरु छनौट गर्न नखोजेको भन्दै आफ्नै पार्टी राजपाका गाउँ इकाई कमिटीले बहिष्कार गर्ने निर्णय गरेको थियो । पार्टीको विरोध हुँदाहुँदै परिषद गरेको भन्दै परिषदस्थलमा राजपाका केही कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेपछि झडप भएको हो ।
आफूहरुले परिषदको विरोध गरेपछि अध्यक्ष चौधरीले आफ्ना मान्छे र प्रहरी लगाई कुटपिट गरेको राजपाका गाउँ इकाइ कमिटी अध्यक्ष पाण्डेयको आरोप छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्