
काठमाडौं – आफुले दिएको अभिव्यक्ति विवादमा आएपछि नैतिकताको आधारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि मन्त्री पद खालि छ । उक्त पद रिक्त रहेपछि नेपाल कम्युनिष्ट पार्टीभित्र (ने क पा)भित्र नयाँ मन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ । यसका लागि नेकपाका आधा दर्जन सांसदहरू शिर्ष नेताकोमा धाउने क्रम जारी रहेको छ। उता नयाँ मन्त्री छनोटमा नेतृत्व पनि तयारी गरिरहेको छ ।
कानुनमन्त्रीका लागि झन्डै आधा दर्जन सांसदहरूको नाम चर्चामा रहेको छ र को मन्त्री होला भन्नेबारे अड्कल काट्न थालिएको छ। नयाँ कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू कृष्णभक्त पोखरेल, भानुभक्त ढकाल र प्रेम आलेको नाम चर्चामा छ।चर्चामा रहेका अनुहार मोरङ ३ बाट निर्वाचित नेकपा सांसद ढकाललाई अबको कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका रुपमा हेरिएको छ। विसं २०१८ सालमा तेह्रथुमको ओख्रेमा जन्मिएका ढकाल दोस्रो संविधानसभा निर्वाचन २०७० मा समानुपातिक तर्फबाट सभासद भएका थिए। संसदमा एमालेका प्रमुख सचेतक समेत भएका नेता ढकाल एमालेमा पोलिटब्युरो सदस्य समेत भइसकेका नेता हुन्।कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि कृष्णभक्त पोखरेलको नाम पनि अगाडि आएको छ।
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित पोखरेल एमाले चितवनका पार्टी अध्यक्ष समेत हुन। २०७० सालको दोस्रो संविधानसभको निर्वाचनमा सदस्य भएका पोखरेललाई संसदीय र कानुनका राम्रो जानकारका रुपमा लिइन्छ। उनको संसदमा पनि त्यहीँ खालको भूमिका रहँदै आएको छ। यसअघि संसद्को विधायन समितिमा बसेर काम गरिसकेका पोखरेल तत्कालीन एमालेभित्र माधव नेपाल समूहका नेता मानिन्छन । त्यस्तै विगतमा नेपाल समूहमा रहेका नेता पोखरेलले पनि पार्टी एकता भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि राम्रो सम्बन्ध बनाएको नेकपाका नेताहरू बताउँछन्।
उनीहरूका अनुसार मन्त्री पदका लागि यसै आधारमा प्रचण्डको भूमिका हाबी हुने चर्चा छ। अध्यक्ष प्रचण्डको गृहजिल्लाका भएकाले पनि यो भूमिका हाबी भएमा पोखरेलको सम्भावना धेरै छ। उता डोटीबाट चुनाव जितेका प्रेम आले पनि मन्त्रीका लागि दौडधुपमा रहेका छन सात नम्वर प्रदेशबाट प्रतिनिधित्व गराउनुपर्ने मत पार्टी भित्र बलियो रुपमा रहेको छ । तर नेकपाले मन्त्री छान्ने जिम्मा नेकपा सचिवालयलाई दिइएको हुनाले यीमध्ये कसको नाम टुंगो लाग्छ त्यो भने सचिवालयले टुंग्याउने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्