
काठमाडौँ – कानुनमन्त्री शेरबहादुर तामाङले गरेको एउटा भाषणले उनको पद नै खोसियो । बंगलादेशमा पढ्न गएका नेपाली छोरी चेलीको अस्मितामाथि नै दाग लाग्ने गरी अभिव्यक्ति दिएपछि उनले मन्त्री पदबाट राजिनामा दिनुपरेको छ ।
प्रचण्ड र केपिलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका दुर्गा प्रसाईको भनाईलाई सापट लिएर बोलेका तामाङले काठमाडौँको एक कलेजले गरेको कार्यक्रममा बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुका विषयमा गैरजिम्मेवार र आपत्तिजनक भाषणका गरेका थिए ।
मन्त्री तामाङले भनेका थिए -‘हामीले हाम्रा चेलीहरुलाई पढ्नका लागि बंगलादेशमा पठाउँछौँ, तर उनीहरुले आफूलाई नसुम्पेसम्म सर्टिफिकेट प्राप्त गर्न सक्ने अबस्था छैन् ।’
कानुनमन्त्री तामाङले आफ्ना अभिव्यक्तिको बचाउ गर्दै माफी पनि मागे । तर, त्यो माफी पत्रले काम गरेन । पार्टी भित्रबाट र बाहिरबाट ब्यापक आलोचना भएपछि अन्ततः तामाङको मन्त्री पद नै गयो ।
मन्त्री तामाङको अभिव्यक्तिले सरकार र पार्टीप्रति नै गलत सन्देश गएको भन्दै नेकपाका शीर्ष नेताहरुले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए ।
त्यस लगतै तामाङ्गले मंगलबार पत्रकार सम्मेलन नै गरेर आफुले आफ्नो पार्टी र सरकारको भलो चिताएको भन्दै आफ्नो पदबाट राजिनामा दिएको घोषणा गरेका थिए ।
मन्त्री तामांगले के बोलेका थिए हेर्नुहोस भिडियोमा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्