
काठमाडाैं – मेगा बैंक आठौं बर्ष पूरा गरी नवौं बर्षमा प्रवेश गरेको छ । नवौं वर्षमा प्रवेस गरेको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रुपमा देशकै दोस्रो ठूलो बैंकको रुपमा स्थापित हुन सक्नु मेगा बैंकको सफलता भएको बताए । ‘चुक्तापुँजी, व्यावसायको आकार, कर्मचारी संख्या र नेटवर्कका हिसाबले पनि मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको छ ’ शाहले भने ‘चालु आर्थिक बर्ष २०७५/७६ देखि मेगा बैंकको मुनाफामा निकै बृद्धि हुनेछ।’

मेगा बैंकले आर्थिक बर्ष २०६९/७० देखि नै निरन्तर राम्रो प्रतिफल दिइरहेको बताउँदै अध्यक्ष शाहले भने, ‘हामीले भर्खरैमात्र टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर सकेका छौँ । मर्जरपछि साधारणसभा मार्फत नयाँ संचालक समिति पनि आएको छ। अब मेगा कल्चर अनुसार नै हामी रफ्तार बढाउँछौ । टुरिजम र पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएपछि मेगा बैंकमा झनै उत्साह थपिएको मैले पाएको छु।’

अध्यक्ष शाहले संघीय संचरना अनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने बताए। आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गरिने शाहको भनाई छ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा बैंक नेपालको बैंकिङ क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको बताइन। ग्राहकहरुको चाहना अनुसार लोकप्रिय र नवीनतम सुविधाहरु सँधै मेगा बैंकको प्राथमिकतामा पर्ने गरेको उनले बताइन्।

बार्षिकोत्सवको अवसरमा सिइओ खुञ्जेलीले तीन वटा आकर्षक कर्जा योजनाहरु पनि सार्वजनिक गरिन। जसमा साना तथा मझौला व्यावसायको प्रबर्धनका लागि ‘मेगा साना तथा मझौला कर्जा’, आवास तथा गाडी लिन चाहने मध्यमवर्गीय नेपालीका लागि ‘मेगा घर तथा गाडी कर्जा’ र विभिन्न पेशा व्यावसायमा संलग्नहरुलाई बिनाधितो ऋण प्रदान गर्ने गरी ‘मेगा प्रोफेशनल लोन’ योजना रहेका छन्। यी तीन वटै कर्जा योजनाहरु ग्राहकले मेगा बैंकको जुनसुकै शाखाबाट प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय गरिने र ७ दिनभित्र कर्जा प्रवाह गरिने सिइओ खुञ्जेलीले बताइन्।

‘हलोदेखि हाइड्रो’सम्म भन्ने नारा बमोजिम मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुबित्तलाई प्राथमिकतामा राख्दै आएको छ । गत आर्थिक बर्षमा निक्षेप संकलन ११ अर्ब ८२ करोड बढेर ६३ अर्ब पुगेको छ। यसैगरी, कर्जा प्रवाह पनि करिब ११ अर्ब बढेर ५७ अर्ब २६ करोड पुगेको छ। यस्तै कर्जाको औसत आकार २९ लाख ५५ हजार र निक्षेपको १ लाख २२ हजार रहेको छ। बैंकको ग्राहक संख्या भने ५ लाख पुगेको छ । स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले १०१ वटा शाखा विस्तार गरेको छ।
वार्षिक उत्सवका अवसरमा मेगा बैंकल विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सहयोग रकम समेत हस्तान्तरण गरेको छ। मेगाको बार्षिकउत्सवमा अर्को रमाइलो दृश्य पनि देखिएको थियो । बैंकका अध्यक्षले बार्षिकउत्सवको अवसरमा खुकुरीले केक काटेका थिए ।

















Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्